चोरीका समानसहित बारामा ६ किशोर पक्राउ | Khabarhub Khabarhub

चोरीका समानसहित बारामा ६ किशोर पक्राउ


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बारा- चोरीका समानसहित बारामा ६ जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० देखि १४ वर्षका किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो ।

जिल्लाको महागढीमाई नगरपालिका ५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औँठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र पाएल १३ थान बरामद गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’