प्रधानमन्त्री ओलीले दिए राप्ती प्रतिष्ठानका पदाधिकारीलाई कारवाहीको चेतावनी « Khabarhub

प्रधानमन्त्री ओलीले दिए राप्ती प्रतिष्ठानका पदाधिकारीलाई कारवाहीको चेतावनी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यमहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए ।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई नबुझाई उक्त प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै यस्तो कार्य सैह्य नहुने स्पष्ट पारे । ‘यो छानविन समिति हो कि, राजनीतिक ?,’ छानविन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् । उनले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न सचेत गराएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : ५२ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द