दश प्रतिशत जापानी नागरिक ८० बर्षमाथिका वृद्ध « Khabarhub

दश प्रतिशत जापानी नागरिक ८० बर्षमाथिका वृद्ध


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्यांकले देखाएको छ ।

सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ ।

जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दोस्रो स्थानमा रहेको इटालीको २४.५ प्रतिशत र तेस्रो स्थानमा रहेको फिनल्यान्डको २३.६ प्रतिशतको तुलनामा यो स्तर मापन गरिएको हो ।

‘जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका छन्,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युवाहरूले अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौंदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ र पहिलेको जनशक्ति वृद्ध हुँदै गएको छ । 

फलस्वरूप, जापानमा वृद्धवृद्धाको हेरचाहका लागि बढ्दो खर्च देखिएको छ र युवाहरूले रोजगारी भर्न र विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रमहरूको लागि भुक्तानी गर्न पर्याप्त छैनन् ।

मन्त्रालयका अनुसार जापानमा सन् १९४६ देखि सन् १९६४ ताका जन्मिएको (ब्याबी बुमर) जनसङ्ख्या १२ करोड ४४ लाख मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् । करिब एक करोड २५ लाख ९० हजार मानिस ८० वर्ष वा सोभन्दा बढी उमेरका छन् भने दुई करोड मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेरका छन् ।  

फलस्वरूप, जापान वृद्ध श्रम शक्तिमा निर्भर मुलुक भएको छ ।  जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन्, जुन श्रमशक्तिको १३.६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् ।

जापानमा सबै वृद्धवृद्धामध्ये एक चौथाइले रोजगारी पाएका छन्, जुन दक्षिण कोरियाको ३६।२ प्रतिशतभन्दा कम हो, तर संयुक्त राज्य अमेरिकाको १८.६ र फ्रान्स ३.९ प्रतिशतका साथ अन्य विकासशील देशहरूभन्दा धेरै हो ।

जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कूल जनसङ्ख्याको ३४।८ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : १६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी