मुलुकको विकास लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : ओली « Khabarhub

मुलुकको विकास लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : ओली


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताए । उनले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले विज्ञान अत्यन्तैै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताए । उनले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताए ।

उनले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा राखे । उनले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भने, “कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।”

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ४७ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला