यो हो पाँचतारे होटलभन्दा बढी सेवा सुविधा पाइने जेल « Khabarhub

यो हो पाँचतारे होटलभन्दा बढी सेवा सुविधा पाइने जेल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुनैपनि अपराधीलाई सजायका लागि पठाइने स्थान हो जेल । त्यसैले जेलको नाम लिने बित्तिकै हामी सम्झन्छौं अँध्यारो कोठा, फोहोर, फलामको डन्डीले घेरेको सिमिति क्षेत्र । तर, विश्वमा यस्ता पनि जेल छन्, जहाँ कुनै पाँचतारे होटलको भन्दा बढी सेवा सुविधा दिइन्छ ।

अष्ट्रियामा रहेको यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । जहाँ सुत्न र बस्नका लागि एकदमै आरामदायी कोठा, शारीरिक अभ्यासका लागि फिटनेस सेन्टर, स्पा तथा अन्य निजी कोठा र भिडियो गेम खेल्ने जस्ता सुविधाहरु समेत दिइएको छ ।

२ सय ५ जना कैदी राखिएको जेलमा कैदीबन्दीलाई सानो भन्दा सानो सुविधा समेत उपलब्ध गराइएको छ । यहाँ बस्ने कैदीलाई कुनै जेलमा बसेको भान नै हुँदैन ।

यतिमात्र होइन, यो जेलमा इन्डोर खेलिने सबैप्रकारका खेलहरुको समेत सुविधा छ । हरेक कैदीलाई निजी कोठा दिइएको छ । अनि ति कोठाहरुमा टेलिभिजन, फ्रिज, ल्यापटप र फोनसमेत अनलिमिटेड प्रयोग गर्न छुट दिइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : १३ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा