धानमा फड्के किराको प्रकोपले किसान चिन्तित « Khabarhub

धानमा फड्के किराको प्रकोपले किसान चिन्तित


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको राप्ती गाउँपालिका–५ कालापानीका  अमर पौडेलले  रोप्नु भएको साँवा मन्सुली  धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के  किराले असर गरेको छ । 

रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उनले स्थानीय एग्रोभेटमा सम्पर्क गरे । त्यहाँबाट समस्या समाधान नहुने नभएपछि गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गराए। 

पालिकाबाट कृषि प्राविधिकले समस्याबारे जानकारी लिएपछि उनीहरूको को सल्लाह  सुझावअनुसार विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन । ‘सुरुमा थोरै बोटमा समस्या  देखियो, के भएको रहेछ भनेर स्थानीय एग्रोभेटमा कुरा राखेँ  । यो ठाउँमा पहिलो पटक यस प्रकारको समस्या देखिएकाले पनि यही भएको हो भन्ने करा सुरुमा पत्ता लागेन । पछि पालिकाको कृषि शाखामा सम्पर्क गरेर धानमा भएको समस्याका बारेमा जानकारी गराएँ’, पौडेलले भने, ‘पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्थाबारे जानकारी लिए । 

सिफारिस अनुसारको विषादी छर्के पनि काम गरेन । औषधि जहाँ छर्‍यो त्यहाँका कीरा मर्छ तर कीरा फेरि बाँचेर अरू ठाउँमा असर गरिरहेको छ ।’ करिब पाँच कट्ठा खेतमा  रोपेको धान सुकेर पराल बनेको छ । ‘अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक धानको बोट राम्रो थियो फल राम्रो  लाग्ला भन्ने समयमा खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो’, उनले भने। 

कृषक पौडेलको  धान खेतमा समस्या देखिएको जानकारी पाएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्या पहिचान गदै फड्के किराले असर गरेको पुष्टि गरेको थियो । अनुसन्धान गर्दा फड्के कीरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको कृषि शाखा प्रमुख सीमा भट्टले बताए। उनका अनुसार उक्त गाउँपालिका–१, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखापरेकाले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता बढेको छ । धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्ने बारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्टले  बताए ।

वडा नं ७ का कालीराम चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखापरेको बताए । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको उनले उल्लेख गरे । सुरुमा धानको बोटमा तल्लो भागका पातहरू र पछि माथिल्ला पातहरुसमेत पहेँलिँदै जाने गरेको चौधरीको भनाइ थियो । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिघाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखापरेको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउने केन्द्रका प्रमुख नरेश धितालले बताए । फड्के कीरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखापर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

देउखुरी क्षेत्रमा करिब साढे १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा सबैभन्दा बढी धान खेती राप्ती गाउँपालिकामा हुने गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : ०६ बजे

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने

गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती

चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

पर्सा – सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर

पहलगाम आक्रमणको एक वर्ष : बढ्दो सुरक्षा चुनौतीबीच सुस्ताएको दक्षिण एसिया

काठमाडौं- सन् २०२५ अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको