कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ३० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको