विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा जेल चलान « Khabarhub

विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा जेल चलान


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् ।

शनिवार मध्यराति पक्राउ परेका उनलाई प्रहरीले आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगिएका लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

काठमाडौंको गोठाटारबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो । उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएको, उपत्यकाका विभिन्न स्थानमा बम विष्फोट गराएको लगायतका अभियोगमा मुद्धा अघि बढाइएको छ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

यसअघि पक्राउ परेका विप्लव समूहका अर्का नेता हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ०३ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार