गुल्मीमा करिब चार सय किशोरी उमेर नपुग्दै गर्भवती | Khabarhub Khabarhub

गुल्मीमा करिब चार सय किशोरी उमेर नपुग्दै गर्भवती


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।

उनका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरूले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने र १९ वर्षमै दुई सन्तान जन्माइसकेका हुन्छन् । बीस वर्ष उमेर नपुग्दै विवाह गरेका कारण विवाह दर्ता गराउन पनि नमिल्ने उनको भनाइ छ । 

कार्यालयको तथ्यांकअनुसार तीन हजार पाँच सय ३४ आमाहरूले गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएका छन् । तीमध्ये २० वर्षमुनिका मात्र तीन सय ८१ जना रहेको तथ्यांक व्यवस्थापक मदन पालले जानकारी दिनुभयो । बीस वर्ष नपुग्दै किशोरी आमा बन्नेमा सबैभन्दा धेरै रेसुङ्गा र मुसीकोट नगरपालिकामा छन् । दुवै नगरपालिकामा  ५२/५२ जना किशोरी आमा छन् । 

मदाने गाउँपालिकामा ४०, सत्यवतीमा ३८, धुर्कोटमा ३५, इस्मामा ३३, चन्द्रकोटमा २६, मालिकामा २१, गुल्मी दरबारमा १९, रुरुक्षेत्रमा १२, कालीगण्डकीमा १७ र छत्रकोटमा ६ जना रहेका छन् ।  जिल्लामा पछिल्लो  तथ्यांक अनुसार  कूल तीन सय ५१ जना २० वर्षमुनिका आमा रहेको कार्यालयले जनाएको छ  । 

सामाजिक अभियन्ता तथा अधिवक्ता हीरा कुँवरले २० वर्ष नपुग्दै विवाह गर्ने आमाको सङ्ख्या बढ्नु चिन्ताजनक रहेकाले सचेतना आवश्यक रहेको बताए। मुलुकी देवानी संहिता, २०७४ मा महिला र पुरुषबीच विवाह हुनुपर्ने उमेर २० वर्ष तोकिएको छ । कानुनअनुसार कम उमेरमा विवाह गरे विवाह नै बदर हुनेदेखि तीन वर्ष कैद र तीस हजार जरिवानासम्मको व्यवस्था गरिएको छ । कम उमेरमा विवाहलाई रोक्न समुदाय र विद्यालयस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए। 

कम उमेरमा गर्भवती हुँदा बच्चा खेर जाने, समय नपुग्दै बच्चा जन्मिने, बच्चालाई क्षारे हुने, आमाको पाठेघरको मुख च्यातिने, बढी रक्तस्राव हुने र बच्चा जन्मिसकेपछि आमालाई मानसिक समस्या उत्पन्न हुने जोखिम हुन्छ । बाल विवाहको न्यूनिकरणका लागि स्थानीय सरकारले न्यूनीकरणका लागि किशोरकिशोरी केन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्  ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : ३१ बजे

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा