लोप भएको हाटबजार पुनः सञ्चालन | Khabarhub Khabarhub

लोप भएको हाटबजार पुनः सञ्चालन


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दमौली– धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हरायो । 

लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर आजदेखि व्यास–३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ ।

किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर कृषि सामग्री खरिद–बिक्री गर्ने व्यवस्था मिलाउन हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। उनले भने, ‘दमौलीमा पहिला हाटबजार लाग्यो, बिस्तारै हरायो, एकादशी बजार हराउन थाल्यो, माघे सङ्क्रान्ति मेला हराउन थाल्यो, पुराना परम्परा हराउँदै जान थाले, यसको संरक्षणमा लागेका छौँ ।’ हाटबजारले किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर दुवै पक्षले उचित मूल्यमा कृषि सामग्री खरिद बिक्री गर्न पाउने अवसरको सिर्जना गर्ने न्यौपानेको भनाइ थियो । 

किसानले गाउँबाट तरकारी ल्याएर दमौलीका विभिन्न चोक र चौतारामा बसेर बिक्री गर्दै आएकामा अब यस ठाउँमा ल्याउने प्रयत्न गरिने उनले बताएका छन्। नगरपालिकाले यस ठाउँमा १३ व्यापारिक कक्ष निर्माण गरेको छ । ती कक्ष किसानका लागि निःशुल्क हुनेछन् । हाटबजारको शुभारम्भ गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवामय हुँदै गएको नेपाल र प्रविधिमैत्री बन्दै गएको नेपालमा अबको समय अनलाइनको भएकाले यसलाई अनलाइनसँग जोड्न सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसले गर्दा किसानले सोझै मूल्य पाउन सक्नेछन्, त्यसतर्फ ध्यान दिनुपर्छ ।’

व्यास–५ मा ड्रागन फ्रुट खेती गर्दै आउनुभएका कल्पना गौलीले हाटबजारले कृषि उपज सामग्री बिक्री वितरणका लागि सहयोग पुग्ने बताए । तनहुँकै आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक हाटबजार शुभारम्भ गरेको थियो । प्रत्येक शुक्रबार आँबुखैरेनी मा हाटबजार सञ्चालन हुन्छ । त्यहाँ गाउँपालिकाभित्रका बासिन्दाले कृषि उपज बिक्री गर्दै आएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : १२ बजे

बेनी बजार चिनाउने माध्यम : ‘सङ्गीत, संस्कृति र प्रकृति’

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका

जनशक्ति अभावले अल्लो उद्योग बन्द

पर्वत– विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको

ऐतिहासिक ‘घरपझोङ किल्ला’ भग्नावशेषमा परिणत

म्याग्दी– संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको