ईश निन्दाको आरोपमा पाकिस्तानमा इसाई दम्पत्ति पक्राउ | Khabarhub Khabarhub

ईश निन्दाको आरोपमा पाकिस्तानमा इसाई दम्पत्ति पक्राउ


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ईश निन्दाको आरोपमा इसाई दम्पत्ति पक्राउ परेका छन् ।

पाकिस्तानको लाहोर सहरमा इस्लाम धर्मग्रन्थ कुरानको अपमान गरेको आरोपमा उजुरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हर्बन्सपुरा क्षेत्रमा बसोबास गर्ने तैमुरका अनुसार फलफूल पसलमा सामान किन्दै गर्दा माथिबाट कुरानका पाना फ्याकिएको देखेपछि ती इसाई दम्पत्तिविरुद्ध उजुरी दर्ता गरिएको थियो ।

प्रहरीले शौकात मसिह र उनकी श्रीमती किरनविरुद्ध ऊजुरी दर्ता गराएको छ । उनीहरुविरुद्ध पाकिस्तानी अपराध संहिताको धारा २९५ बी अनुसार कारवाही अघि बढाइने जनाइएको छ । उनीहरुविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानमा ईश निन्दाको झुठो आरोपमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन बढेको बताइएको छ । मानव अधिकारवादीहरुले भने पाकिस्तानमा ईश निन्दा कानूनको दुरुपयोग बढेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ४० बजे

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस