बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी « Khabarhub

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले तोडफोड गरेका छन् ।

डुडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड सुरु गरेका हुन् । उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो । 

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ । कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ । 

सुधार गृहमा करिब ३ सय जना बालबन्दीहरु छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा