चाणक्य नीतिः यस्ता व्यवहार देखाउने साथी नबनाउनु नै उत्तम | Khabarhub Khabarhub

चाणक्य नीतिः यस्ता व्यवहार देखाउने साथी नबनाउनु नै उत्तम


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रहरुमा जीवन पद्धतिका विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । जसलाई हामीले अनुशरण मात्र गर्‍यौं भने पनि हाम्रो दैनिक जीवन सरल र सहज बन्छ ।

चाणक्य नीतिका अनुसार हामीले साथी र संगत कस्तो बनाउने भन्ने कुरा पनि प्रष्ट रुपमा लेखिएको छ । सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ ।  हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय आफैले गरेका हुन्छौँ ।

चाणक्यले एउटा नीति यही विषयमा बनाएका छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने पक्कै धेरै समस्याहरु समाधान गर्न सक्छौं । चाणक्य नीतिको दोस्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छः

परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।।

यसको अर्थ हो, जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नुपर्छ ।

यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्य शास्त्रमा उल्लेख छ ।

चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोकमा लेखिएको छः

न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।

यसको अर्थ हो, हामीले कुमित्रप्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उसमाथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन ।

भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा लेखिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : ३१ बजे

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

खाँदबारी– सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५