अन्तर्राष्ट्रिय रंशालाको निर्माण र स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का « Khabarhub

अन्तर्राष्ट्रिय रंशालाको निर्माण र स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ क्यानको साधारणसभा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदान, मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालगायत पोखरा, भैरहवास्थित खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले रंगशालाहरुको निर्माण एवम् ती खेल मैदानहरु नियमित मर्मत सम्भारको लागि आवश्यक खेल मैदान सामाग्रीहरुको व्यवस्थापनका लागि सरकारबाट प्राथमिकताका साथ अग्रसरता लिइने उल्लेख गरे । उनले नेपाललगायत एशियाका ८ राष्ट्रहरुको सहभागितामा काठमाडौंमा हुने प्रतियोगिता र महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालका लागि हर्ष र गौरवको विषय भएकाले यसलाई सफल तुल्याउनको लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने जिकिर गरे ।

त्यस्तै, उनले नेपालमा क्रिकेटको विकास, विस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाउने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले विभिन्न समस्याका बावजुद नेपाल टी–२० लिग आयोजना गर्न सफल भएको र त्यसैको अनुभवका आधारमा नेपालले लगातार टी–२० खेलहरुमा जीत हासिल गरेको बताए । उनले क्रिकेटका सही पाटोहरुलाई सबैले स्वीकार गर्नुपर्ने बताए । चन्दले सबैको सहयोगमा नेपाली क्रिकेट टीमलाई अहिलेको अवस्थासम्म ल्याउन सफल भएको जिकिर गरे ।

कार्यक्रममा क्यानले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई सम्मान गरेको थियो । साधारणसभा अन्तर्गत शनिबार नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने क्यानले जनाएको छ । नयाँ नेतृत्वमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिष्पर्धा हुने बुझिएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ०० बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल