छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली « Khabarhub

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उनले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए ।

“मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ”, उनले भने, “आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।”

उनले नेपालले आश गर्ने नभई पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी परनिर्भरता नभई आत्मनिर्भरतातर्फको प्रवृत्ति हुुनुपर्ने भनाइ राखे । उनले अल्पविकसित मुलुक विकासशील मुलुकमा बढोत्तरी हुनु सकारात्मक कुरा रहेको बताए। “एउटा गरिबीको तहबाट माथिल्लो तहमा उक्लिनु हो । अल्पविकसितबाट विकसितमा पुग्नु प्रगति हो”, अध्यक्ष ओलीले भने ।

विकासशील देशमा बढोत्तरीले राष्ट्रको नैतिकतालाई उचो पु¥याउने उल्लेख गर्दै विकसित देशमा परिणत भयो भन्ने कुराको मनोबल उच्च राख्ने बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आफैँ काम गर्नुपर्ने बताए ।

“जबसम्म हामी आफ्नो राष्ट्रिय आवश्यकता, हित र प्राथमिकताअनुसार काम गर्न हिम्मत गर्दैनौँ । तबसम्म अर्थतन्त्र ओरालो लाग्ने गर्दछ”, अध्यक्ष ओलीले भने, “अर्थतन्त्र ओरालो लाग्यो भने अल्पविकसित मुलुकबाट बढोत्तरी कसरी हुने ? ” उनले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि के गर्न बाँकी छ अब कसरी पूरा गर्ने भन्नेमा अहिलेदेखि नै छलफल गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ४० बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा