सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल « Khabarhub

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले कृषि तथा पशुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा नवनिर्मित शुक्लागण्डकी भेटेरेनरी अस्पतालको आज उद्घाटन गर्दै मन्त्री भुसालले पशुको स्वास्थ्यको विषयलाई अहिलेको सरकारले महत्व दिएको बताए । पशुको मासु र पशुजन्य उत्पादन मानिसले प्रयोग हुने भएकाले पशु स्वस्थ राख्नुपर्नेमा मन्त्री भुसालको जोड थियो ।

उनले भने, “हामी जति मानवको स्वास्थ्यको बारेमा सचेत छौँ, त्यसको एक प्रतिशत पनि पशुको स्वास्थ्यको बारेमा प्राथमिकता दिएको पाउदैनौँ । अहिलेको सरकार पशु स्वास्थ्यको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर लागि रहेको छ ।” मन्त्री भुसालले नेपालमा कृषि र पशुपालननै कृषिको मुख्य आम्दानीको स्रोत भएको बताउँदै वर्तमान सरकारले यसैलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, “सरकारले किसानको हितमा काम गरेको छ । हामीले समयमै मल उपलब्ध गरायौँ । विद्यार्थीको हातमा समयमै पाठ्पुस्तक पु-यायौँ ।”

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सीमित स्रोत र साधनबाट प्रदेश सरकारले काम गरिरहेको बताउँदै किसानका समस्या पहिचान गरि समाधान गर्दै जाने प्रतिबद्धता जनाए। शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले तीनै तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्न नसके पलायन हुन सक्ने बताए ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा मूल्य अभिवृद्धि कर बाहेक रु एक करोड २५ लाख १५ हजार लागतमा एक तले भवन निर्माण गरिएको हो । देशभर २८ वटा पालिकामा भवन निर्माण गरिएको आयोजनाका निर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए ।

आयोजनाले पशु स्वास्थ्य, नश्ल सुधार, खोप आपूर्ति लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । तनहुँमा बन्दीपुर र शुक्लागण्डकीमा अस्पताल भवन निर्माण गरिएको छ । भवनबाट आधारभूत प्रयोगशाला सेवा, पशुचिकित्सक सेवा, सर्जरी तथा बन्ध्याकरण लगायतका सेवा प्रदान गरिने पशुसेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ५८ बजे

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति