सामाजिक सञ्जालमा लेखिने ‘रिप’ शब्दको अर्थ के हो ? « Khabarhub

सामाजिक सञ्जालमा लेखिने ‘रिप’ शब्दको अर्थ के हो ?


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सामाजिक सञ्जालमा धेरै देखिने शब्द हो ‘रिप’ । कसैको मृत्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक सञ्जालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् । रिप को खास अर्थ के हो ?

खासमा कसैको मृत्युमा श्रद्धाञ्जली या समवेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । पक्कै तपाईँले पनि धेरै पटक आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको होला । आखिर के हो त रिप भनेको ? आउनुहोस् आज हामी यसैको बारेमा कुरा गर्ने छौँ ।

सन् १८०० को शताब्दीमा ल्याटिन शब्द रेक्विएस्काट इन पेसबाट सुरु भएको यो शब्दको पुरा रूप ‘रेस्ट इन पिस’ हो । जसको अर्थ ‘शान्ति सङ आराम गर’ हुन्छ ।

यो शब्द उनीहरूको लागि उपयुक्त हुन्छ जसलाई एउटा सुरक्षित बाकस (शव बाकस) मा राखेर गाडिने गरिन्छ ।

इसाई र मुस्लिम धर्म मान्नेहरूको मान्यता अनुसार जुन दिन ‘जजमेन्ट डे’ अथवा ’कयामत को दिन’ (प्रलय) आउनेछ त्यस दिन जति पनि गाडिएका शवहरू छन् ती सबै पुनर्जीवित हुन्छन् । त्यसैले उनीहरूलाई लक्षित गर्दै त्यस दिनको पर्खाइमा शान्तिपूर्ण आराम गरी बस्नु भनिएको हो ।

तर हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर (नाश हुने) हो र आत्मा अमर हुन्छ । त्यसैले हिन्दु शरीरलाई जलाउने गरिन्छ । यसरी हेर्दा लागि ’रेस्ट इन पिस’ को कुनै अर्थ छैन ।

जब मानिसको मृत्यु हुन्छ उसको शरीरबाट आत्मा निस्केर कुनै न कुनै नयाँ जीवाणु वा शरीरमा प्रवेश गर्दछ भन्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

त्यस नयाँ जीवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृत्यु क्रियाकर्म, श्राद्धकर्म र शन्तिपाठ गरिन्छ । त्यस कारण कुनै हिन्दु संस्कार अनुसार मृत व्यक्तिको लागि हार्दिक श्रद्धाञ्जली वा भावपूर्ण श्रद्धाञ्जली वा दिवङ्गत आत्माले शान्ति पाओस् वा परिवार प्रति हार्दिक समवेदना जस्ता शब्दहरू लेख्ने गरिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ११ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी