दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न आग्रह « Khabarhub

दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न आग्रह


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थालाई दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन् । समाजकल्याण परिषद्द्वारा आज आयोजित ४४औँ सामाजिक सेवा दिवसका अवसरमा मन्त्री आचार्यले गैरसरकारी सङ्घसंस्थालाई चालु नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

 ‘दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको छ । गैरसरकारी संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने गरी अनुगमन एवं प्रभावकारी बनाइने चालु नीति तथा कार्यक्रममै उल्लेख छ’, उनले भने, ‘यसलाई कार्यान्वयन गर्दै दिगो विकासका लक्ष्य र आवधिक योजनाले तय गरेको रणनीति, कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्नुहुन म सबै गैरसरकारी सङ्घसंस्था एवं सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।’

उनले परिषद्ले सीमित स्रोतसाधन, पूर्वाधार एवं जनशक्तिबाट समग्र गैरसरकारी सङ्घसंस्थाका निमित्त अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउँदै परिषद्को आन्तरिक सुशासनलाई बलियो बनाई सामाजिक संस्थाले पारदर्शिता, परियोजनाको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउन आवश्यकता रहेको बताए । 

मन्त्री आचार्यले गैरसरकारी क्षेत्रबाट हुने सबै कामकारबाहीलाई सरकारको एकद्वार नीतिअनुरूप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्ने गरी काम गर्न सम्बन्धित पक्षलाई अनुरोधसमेत गरे । 

सो अवसरमा परिषद्का उपाध्यक्ष मनिका भट्टराई अधिकारीले परिषद्ले स्थापनाकालदेखि नै नेपाल र नेपालीको सर्वाङ्गीण हितका लागि समाजका असहाय, सीमान्तकृत, पिछडिएको क्षेत्र, वर्ग, समुदायलाई विकासका कार्यक्रममा सम्बद्ध गराई सामाजिक न्यायका लागि काम गर्दै आइरहेको बताए। 

परिषद्का सदस्य सचिव मनोज भट्टले गैरसरकारी क्षेत्रलाई सङ्गठितरुपमा सञ्चालन गर्न २०३४ साल असोज ६ गते स्थापना भएको दिनको अवसरमा सामाजिक सेवा दिवस मनाउँदै आएको बताए ।स्वास्थ्य, शिक्षा, सीप विकास, सशक्तीकरण, बालसंरक्षण, विपद् व्यवस्थापन, पुनःस्थापना, वन्यजन्तु संरक्षण, जलवायु परिवर्तनका लगायतका दिगो विकास लक्ष्य प्राथमिकता प्राप्त विषयगत क्षेत्रमा परिषद्ले लगानी गरिरहेको बताए। 

गैरसरकारी संस्था महासङ्घका महासचिव राजेन्द्र शर्माले गैरसरकारी सङ्घसंस्था परिचालन तथा व्यवस्थित गर्न एकीकृत ऐन आवश्यक रहेको बताउँदै दिगो विकासका लक्ष्य हासिल गर्न सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउनुपर्ने बताए । 

लोकतान्त्रिक गैरसरकारी महासङ्घका अध्यक्ष रमेश धमलाले परिमार्जित गर्नुपर्ने कानुन सरोकारवाला निकायबीच व्यापक छलफल हुनुपर्नेमा जोड दिँदै संस्थाको भूमिकालाई स्थापित गर्नुपर्ने बताए । 

एशोसिएसन अफ इन्टरनेशनल एनजीओ नेपालका अध्यक्ष भगवान श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्न गैरसरकारी सङ्घसंस्थाको ठूलो भूमिका रहेको बताए। कार्यक्रममा मन्त्री आचार्यले परिषद्को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । परिषद्मा लामो समयसम्म काम गर्ने कर्मचारीलाई सोही समारोहमा सम्मान समेत गरिएको थियो । 

यस वर्षको दिवसको नारा ‘दिगो विकास राष्ट्रिय प्रतिबद्धता, लक्ष्य प्राप्तिमा सङ्घसस्थाको सहभागिता’ रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ४० बजे

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् ।