क्यानको अध्यक्षमा चन्द पुनः निर्वाचित « Khabarhub

क्यानको अध्यक्षमा चन्द पुनः निर्वाचित


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । 

क्यानको आज भएको निर्वाचनमा चन्द पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका हुन् । 

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भए। सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए। 

क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले मतदान भइरहेको छ । 

त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक-एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : २१ बजे

बाँकेमा ११९ एचआइभी सङ्क्रमित भेटिए

नेपालगञ्ज– बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम– भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका