क्यानको अध्यक्षमा चन्द पुनः निर्वाचित « Khabarhub

क्यानको अध्यक्षमा चन्द पुनः निर्वाचित


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । 

क्यानको आज भएको निर्वाचनमा चन्द पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका हुन् । 

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भए। सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए। 

क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले मतदान भइरहेको छ । 

त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक-एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : २१ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा