नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रममा उनले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए । ‘आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, नेपाल एक यस्तो फूलबारी हो जहाँ सबै प्रकारको फूल फुल्छन्, कुनै पनि धर्ममा हुने कुरीति तथा भेदभाव हामीलाई माथिबाटै हाम्रा भगवान्ले सिकाएर पठाएको होइन, धर्मका नाममा हुने कुरीति तथा भेदभावलाई सबै मिलेर अन्त्य गर्नुपर्छ’, उनले भने । 

नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखियो तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाइ थियो । ‘नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ’, अध्यक्ष तिमिल्सिनाले भने , ‘सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।’

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत अवलोकन गरेका थिए । उनले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ४९ बजे

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त

यस्तो देखियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसिरहेको छ

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 

काठमाडौं– जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली