‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ’  « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ’ 


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उनले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याए । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक मुलुक नेपाल भएको उल्लेख गर्दै उनले केही तत्त्वले सामाजिक सद्भावलाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए। सामाजिक सद्भाव खल्बलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उनले बताए । 

‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा चित्त बुझ्दो किसिमले काम भइरहेको छ’, उनले भने, ‘आर्थिक समृद्धिको क्षेत्रमा अलि पछि रहेकाले अबको प्रत्येक क्रियाकलाप आर्थिक समृद्धितर्फ जोडिनुपर्छ ।’ गण्डकी प्रदेश सरकारले हरेक विकासे अड्डालाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो । 

कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उनले भने, ‘स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योगलगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।’ सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए।  

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : ०५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका