भारतमा बेचिएका दुई किशोरीको उद्धार « Khabarhub

भारतमा बेचिएका दुई किशोरीको उद्धार


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

पाटन– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  । 

उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।’

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तिको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताइन् । 

‘स्वदेश फिर्तिको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौं, परिवारले सूचना ल्याएपछि कर्मचारी परिचालन गर्दा हामीले १७ नेपाली एकै पटक उद्धार गर्‍यौँ, उद्धार गरिएका फेरि २०१८ मा हराए, फेरि दुई वर्षपछि उद्धार गरेर ल्यायौँ, दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्, यसका लागि मन्त्रालय र मन्त्रीज्यूले आवश्यक पहलकदमी लिइदिनहुन्छ भन्ने आशा छ’, तामाङले भनिन्। 

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताए। उनले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : २१ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री