दुई महिनामा २ खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात « Khabarhub

दुई महिनामा २ खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो । गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रू एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ ।

अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रू एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनबाट रू ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा रू ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्ब बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।

साउन र भदौमा अमेरिकाबाट रू दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा रू तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा रू एक अर्ब १४ करोड बराबर हो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ४ : ५० बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको