माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ « Khabarhub

माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनले कुम्भराज जोशीसमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछी होटेलमा मा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट पटक पटक गरी १३ लाख १५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै