पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना | Khabarhub Khabarhub

पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

सो स्टोरमा म्याद सकिएको १३ लिटर साजन र आठ लिटर हेलो तेल गरी २१ पोका खाने तेलसहित लेबल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहेको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

स्टोरमा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा, प्रतिकिलो ९७ मा खरिद गरेको चिनी एक सय २० मा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार समितिले स्टोरका सञ्चालक विवेककुमार गुप्तालाई तीनदिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ ।

त्यसैगरी समितिले पोखरा–५ रहेको केसी स्टोरलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । स्टोरले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ ।

त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोरमा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको छ ।

पोखराका दुई दर्जन खाद्य स्टोरको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको हो । मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ५८ बजे

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले