पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सारिने « Khabarhub

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सारिने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् । 

७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ । इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा रहेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने