देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनी ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो । 

झापाकै मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बिर्तामोड नगरपालिका-६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

उदयपुरको त्रियुगा नगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठाडी बस्ने ३२ वर्षीय हरि कुमार निरौला, ४० वर्षीय रत्नमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : २३ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड