‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’ « Khabarhub

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।

हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय सेना प्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेना प्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए ।

हिन्द–प्रशान्त क्षेत्रका सेनाहरूबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने बताए ।

अतिवाद, सङ्गठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै उनले सेनाहरूबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।

भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्नु हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ३८ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२