अजरबैजानको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु « Khabarhub

अजरबैजानको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बाकु- अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्फोटको कारण भने खुलिसकेको छैन । अर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएपछि घटना भएको हो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब १ लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ ।

मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताए ।

गत हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि येरेभानमा अर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले क्षेत्र छोडेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : १९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण