चिकित्सकमाथि सांघातिक आक्रमण भएको भन्दै चिकित्सक संघद्वारा भर्त्सना « Khabarhub

चिकित्सकमाथि सांघातिक आक्रमण भएको भन्दै चिकित्सक संघद्वारा भर्त्सना


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि  सुनियोजित रुपमा सांघातिक आक्रमण भएको भन्दै नेपाल चिकित्सक संघले भर्त्सना  गरेको छ ।

संघले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रलाई आतङ्कित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले स्तब्ध बनाएको जनाइएको छ  ।

हेटौँडामा भएको घटनाका विषयमा सरकारसमक्ष गरिएको सम्झौताको हप्ता दिन नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाउने तथा स्वास्थ्य संस्थामा अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको संघको भनाइ छ ।

यस्ता सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभीत भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संघले भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका लागि भोलि १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा अस्पतालका निर्देशकहरु, संघका पूर्व पदाधिकारीहरु, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरु, संघका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरु, रेजिडण्ट एशोसियसनका पदाधिकारीहरुको विस्तारित बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा