अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ « Khabarhub

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्लाइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक अर्धाखाँचीको भुमिकास्थान घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४५ वर्षीय विष्णु केसी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २ लाखभन्दा धेरै कमाइ हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १७ लाख ७९ हजार रुपैयाँभन्दा धेरै रकम ठगी गरेका थिए ।

भिसासमेत मिलाइदिएको भएपनि पीडित विदेश जान विमानस्थल जाँदा अध्यागमन कार्यालयले भिसा नक्कली भनेर फर्काएपछि घटना सार्वजनिक भएको हो ।

पछि केसी सम्पर्कविहीन भएकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु