अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ « Khabarhub

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्लाइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक अर्धाखाँचीको भुमिकास्थान घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४५ वर्षीय विष्णु केसी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २ लाखभन्दा धेरै कमाइ हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १७ लाख ७९ हजार रुपैयाँभन्दा धेरै रकम ठगी गरेका थिए ।

भिसासमेत मिलाइदिएको भएपनि पीडित विदेश जान विमानस्थल जाँदा अध्यागमन कार्यालयले भिसा नक्कली भनेर फर्काएपछि घटना सार्वजनिक भएको हो ।

पछि केसी सम्पर्कविहीन भएकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का