विश्व पर्यटन दिवसका अवसरमा पदयात्रा « Khabarhub

विश्व पर्यटन दिवसका अवसरमा पदयात्रा


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गण्डकी – ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज पोखराको फेवाताल किनारा मार्कीदेखि पुम्दीसम्म पदयात्रा गरिएको छ ।

पोखरा महानगरपालिका–२२ का पर्यटकीय गन्तव्य मार्की–सिम्ले–पात्ले–पुम्दीसम्म फेवाताललाई आधार बनाएर गन्तव्य पहिचान, प्रवर्द्धन एवं एक दिवसीय पदयात्रा कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।

पदयात्रापछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासका माध्यमबाट पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । फेवातालको संरक्षण र उपयोगका लागि फेवाताल प्राधिकरण गठन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले राउन्ड फेवा, भ्युु फेवाको अवधारणका साथ फेवाताल र आसपासका गन्तव्यलाई प्रवर्द्धन र विकास गर्न खोजिएको बताए । धेरै पदमार्ग हराउँदै गएका अवस्थामा नयाँ गन्तव्य र मार्गको पहिचान गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि सम्बद्ध सबैको सहकार्य आवश्यक भएको बताए । विश्व पर्यटन दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव कुमानसिंह गुरुङले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए । पदयात्राका क्रममा प्लाष्टिकजन्य फोहरसमेत सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३३ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको