मलेसियाविरुद्धको खेलमा नेपालको नयाँ कीर्तिमान « Khabarhub

मलेसियाविरुद्धको खेलमा नेपालको नयाँ कीर्तिमान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै ओपनिङमा नयाँ कीर्तिमान बनाएको छ । मलेसियाविरुद्धको खेलमा ओपनर ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेल्दै २१ बलमा ५१ रन बनाउँदा उक्त कीर्तिमान सुधारमा सहयोग पुगेको हो ।

मलेसियाविरुद्ध ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए । मल्लले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुई ब्याट्सम्यान जमेर खेल्दा नेपालले सहज जीत निकालेको छ ।

मंगलबार मात्रै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जोडीले पहिलो विकेटका लागि ४९ रनको लामो ओपनिङ साझेदारी खेलेको थियो ।

बुधबार मलेसियाविरुद्ध जारी खेलमा उक्त कीर्तिमानमा सुधार गर्दै मल्ल र ऐरीले उत्कृष्ट ब्याटिङमा नेपालले टी–२० अन्तर्राीष्ट्रय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली