चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता « Khabarhub

चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको घरजग्गा बजारमा अझै सुधारको संकेत नदेखिँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको छ । चीनको घरजग्गा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको हो ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ घरजग्गा निर्माणको गति सुस्ताएको छ भने अपार्टमेन्टको मूल्य पनि घट्दो क्रममा रहेको छ । सानाठूला गरी ७० वटा सहरमा घरजग्गाको मूल्यको विश्लेषणबाट अमेरिकी बैंकिङ कम्पनी गोल्डम्यान स्याक्सले अगस्ट महिनामा चीनमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको मूल्य २ दशमलब ९ प्रतिशतले ओरालो लागेको जनाएको छ । यसअघि जुलाई महिनामा यो २ दशमलब ६ प्रतिशतले ओरालो लागेको थियो ।

यद्यपि चीनका स्थानीय सरकारहरुले भने निर्माण व्यवसायीहरुलाई घरजग्गाको मूल्य नघटाउन दबाब दिँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

टियान्जिन शोध संस्थाका अनुसार चीनका १ सय सहरमा दुई वर्षअघि सबैभन्दा धेरै रहेको घरजग्गाको मूल्यमा औसत १४ प्रतिशतले गिरावट देखिएको छ । त्यसैगरी, घरभाडा पनि ५ प्रतिशतले घटेको बताइएको छ ।

यसबाहेक घरजग्गा व्यवसायीले ऋण चुक्ता गर्न नसक्दा चिनियाँ बैंकिङ क्षेत्रमा पनि वित्तीय दबाब थपिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै