पिपलको बोटमा पानी किन चढाइन्छ ? यस्तो छ पौराणिक कथा  « Khabarhub

पिपलको बोटमा पानी किन चढाइन्छ ? यस्तो छ पौराणिक कथा 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरूले पिपलको रुखमा पानी चढाउने र पूजा गर्ने गर्छन् । यो पुरानो मान्यता हो । आस्था र विश्वास हो ।

सायद तपाईँले पनि पिपलको बोटमा पानी चढाउनु भएको होला । आखिर किन चढाइन्छ त पिपलमा पानी ! के हुन्छ पिपलमा पानी चढाउँदा ? आज हामी यसै विषयमा जानकारी गराउने छौँ ।

हिन्दु धर्मावलम्बीले पिपलको वृक्षलाई भगवान् विष्णुको प्रतीक मानेर पूजा गर्छन् । पिपललाई धार्मिक, पौराणिक, आयुर्वेदिक एवम् वातावरणीय दृष्टिले महत्त्वपूर्ण वृक्षको रूपमा मानिन्छ ।

धर्मशास्त्रमा वर्णन भएअनुसार शनिबार पिपलको परिक्रमा गरी पूजा गर्नु, दियो बाल्नु र जल चढाउनुलाई अति नै शुभ मानिन्छ । यसो गर्दा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ ।

धर्मशास्त्र अनुसार वा पुराणमा उल्लेख भए अनुसार समुद्र मथनको बेलामा देवी लक्ष्मी भन्दा अगाडि उनकी, अलक्ष्मी उत्पन्न भइन् अनि लक्ष्मीले श्री विष्णुको रूप धारण गरिन, जसबाट दिदी अलक्ष्मी रुष्ट बनिन् ।

त्यसपछि यो सबै देखेर विष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष पिपलको वृक्षमा बस्न आदेश दिए ।

त्यसपछि देवी लक्ष्मीले पनि म प्रत्येक शनिबार तिमीलाई भेट्नका लागि पिपल वृक्षमा आउने गर्छु भनिन् भन्ने धार्मिक किंवदन्ती छ । यही कारण हरेक शनिबारका दिन भगवान् विष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्छन् भन्ने मान्यता छ ।

विशेष गरी शनिबारका दिन विष्णु र लक्ष्मी पिपलमा वास गर्ने भएकाले सो दिन पिपलको पूजा गर्नु, बत्ती बाल्नु तथा पिपलमा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ र धनधान्य वृद्धि हुन्छ भन्ने विश्वास छ ।

पिपलको पूजा शनिबार मात्र गर्नुपर्दछ । भगवान् श्रीकृष्णले पनि पिपलको वृक्षलाई स्वयम् आफ्नो रूप बताएको कुरा गीतामा उल्लेख छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : १२ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको