शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह | Khabarhub Khabarhub

शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाडौँ केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्केपनि राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरुले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाको भनाइ थियो । 

वार्ता र संवादबाटै सहमतिको विन्दु पहिल्याउन सकिने ठहर गर्दै बैठकले राहत शिक्षकले समेत अपनत्व महसुस गर्ने गरी विधेयकमा आवश्यक प्रक्रिया राख्न  अनुरोध गरिएको उनको भनाइ थियो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफूहरुमाथि आक्रमण भएको भन्दै चिकित्सकले प्रदर्शन गरिरहेका छन् । 

यसैगरी मुलुकका विभिन्न भागमा सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि देखापरेको भन्दै माओवादी केन्द्रले समयमै सचेतता अपनाउनुपर्नेमा जोड दिएको छ । आम नेपालीमा सामाजिक सद्भाव असाध्यै राम्रो र बलियो रहे पनि केही स्थानमा अराजक संकेत देखापरेको ठहर गर्दै सो पार्टीले बेलैमा सचेतपूर्वक समस्या  समाधानको दिशामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

 सरकारले अगाडि बढाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रवक्ता सापकोटाले सो कार्यका लागि सरकारलाई साथ दिनसमेत सबैलाई आग्रह गरे। 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ५५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन