‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’ « Khabarhub

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन् ।

पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, ‘विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।’   

“कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ । उनले भने, ‘केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका छन् । सत्य के हो भने जलवायु परिवर्तनबाट हुने क्षतिलाई कसैले पनि एकल प्रयासमा धान्न सक्दैन ।’ 

महासचिव गुटेरेसले भने, ‘जीवाश्म ईन्धन–आधारित ऊर्जा प्रणालीहरू राजनीतिक निर्णय हुन् । अनि ती निर्णयहरू परिवर्तन हुनैपर्छ ।’  

गुटेरेसले दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न र पाकिस्तानका लागि आफूले वाचा गरेको रकम जतिसक्दो छिट्टै टेबुलमा जम्मा गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : ४२ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने