मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल « Khabarhub

मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन् ।

मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भिन्न धर्म, सम्प्रदाय र जातिका नाममा पछिल्लो समय भइरहेका गलत गतिविधिलाई निरुत्साहित गर्ने दायित्व सबैको भएको बताए । उनले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल गरे । 

नेकपा ९एमाले० नेतृ एवं प्रतिनिधिसभा सांसद जुलीकुमारी महतोले हिंसा, अशान्ति र गलत काम कुनै पनि धर्मले बर्जित गरेको भन्दै इस्लाम धर्मावलम्बीको विशेष पर्व मोहम्मद जन्मजयन्तीका अवसरमा सबैले सामाजिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । उनले धर्म, जातजाति, धनी, गरिब, फरक लिङ्गलगायत कुनै पनि आधारमा कसैले पनि विभेद गर्न नपाइने बताए ।

त्यसैगरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भावविरोधी क्रियाकलापमा नलाग्न सचेत गराए । 

नेपालको संविधानको मान्यता प्रतिकूल क्रियाकलाप दण्डनीय भएको भन्दै मन्त्री समिमले कसैको अधिकारमाथि आँच आउने काम नगर्न र कसैले त्यसो गरेमा सरकारका निकाय नियन्त्रणका लागि सक्षम रहेको धारणा राखे ।

मौलना इजरायल अहमद रिजवी, हाकिम राइनलगायत मुस्लिम अगुवाहरूले पनि समाजमा मिलवर्तन, भातृत्व, एकता र सद्भाव खल्बलिने काममा नलाग्न सबैलाई आग्रह गरे । उनले फरक धर्म र संस्कृति मान्ने आम नेपालीले एकअर्काप्रति सम्मान र सद्भाव राखेकै कारण नेपाल शान्ति भूमिका रूपमा चिनिएको भन्दै त्यसको मर्मअनुसार आफ्ना क्रियाकलाप गर्न सबैलाई अनुरोध गरे ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष आजको दिनलाई विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर आज १४९८औँ मोहम्मद जयन्ती मनाइँदैछ । मुस्लिम बाहुल्य मधेसमा आज प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : २७ बजे

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका