‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि « Khabarhub

‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ ।

उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर र हेटौँडामा सञ्चालन हुने उनको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बि बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाकताक्रो, बुद्धिचाल, योग खेल र स्केटबार्ड सञ्चालन हुनेछ ।

शनिबारदेखि खेल प्रतियोगिता सुरु भए पनि महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते काठमाडौँमा गरिने भएको छ । पोखरामा सञ्चालन हुने योग खेल र स्केटबोर्डमा देशभरबाट करिब दुई सय जना खेलाडीले भाग लिने जनाइएको छ ।

ती खेलका विजेता खेलाडीलाई आइतबार पोखरा रङ्गशालामा हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने छ । महोत्सवमा हुने सबै प्रतियोगितमा सातै प्रदेशको सहभागिता रहने अध्यक्ष विष्टले बताए ।

पहिलोपटक आयोजना गर्न लागिएको ‘नेकोस खेलकुद महोत्सव’लाई बर्सेनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनमा झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ०९ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी