पाकिस्तानमा विष्फोट हुँदा २० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा विष्फोट हुँदा २० जनाको मृत्यु


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ । घटनामा अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : ०९ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा