पाकिस्तानमा विष्फोट हुँदा २० जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा विष्फोट हुँदा २० जनाको मृत्यु


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ । घटनामा अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : ०९ बजे

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई  रनको

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा– थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र