आन्दोलनरत चिकित्सकको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह « Khabarhub

आन्दोलनरत चिकित्सकको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न माग आग्रह गरेको हो ।

संघका महासचिव सन्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाको विरोधमा जारी आन्दोलनमा संघको ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रममा आफूहरुले समन्वयकारी र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, गृह तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा पधाधिकारीलगायतसँग छलफल गरेको जनाइएको छ ।

विज्ञप्तिमा आन्दोलनरत चिकित्सकहरुले उठाएका मागहरु तत्काल सम्बोधन नभए अझ सशक्त ढंगले थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ३२ बजे

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन