सप्तरीमा आगलागी हुँदा चार घर नष्ट | Khabarhub Khabarhub

सप्तरीमा आगलागी हुँदा चार घर नष्ट


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए । उनका अनुसार आगलागीका कारण करिब रू सात लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ४२ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी