कोइकाको आयोजनामा स्वयंसेवक साझेदारी कार्यशाला सम्पन्न « Khabarhub

कोइकाको आयोजनामा स्वयंसेवक साझेदारी कार्यशाला सम्पन्न


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरियाली अन्तर्राष्ट्रिय सहकार्य निकाय कोइकाको आयोजनामा काठमाडौँमा स्वयंसेवक साझेदारी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

कोइकाले सञ्चालन गरेको स्वयंसेवक कार्यक्रमको समीक्षा गर्नुका साथै नेपालमा स्वयंसेवक कार्यक्रमलाई थप सुधार गर्नका लागि कार्यशाला आयोजना गरिएको एक विज्ञप्ति जारी गर्दै कोइकाले जानकारी दिएको छ ।

कार्यक्रममा कोइका नेपालका निर्देशक मुह्योन कोङले कोरिया र विकाशशील मुलुकमा आर्थिक एवम् सामाजिक विकास गर्दै द्विपक्षीय साझेदारी वृद्धि गर्नु आफ्नो संगठनको उद्देश्य रहेको बताए ।

कार्यक्रममा ललितपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालयमा सूचना प्रविधि स्वयंसेवकका रुपमा खटिएका ह्येओन्सु पार्क र नेपाल सशस्त्र प्रहरी विद्यालयमा तेक्वान्दो प्रशिक्षक योङ्म्यान युनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कोइकाले नेपाललायत विभिन्न मुलुकमा गरिबी निवारण, दिगो विकास एवम् दुई मुलुकबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले स्वयंसेवक कार्यक्रममा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : ०१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा