वैदेशिक रोजगारीका नाममा एक वर्षमा ८३ करोड रुपैयाँ ठगी, २ हजार ३९ जना ठगिए « Khabarhub

वैदेशिक रोजगारीका नाममा एक वर्षमा ८३ करोड रुपैयाँ ठगी, २ हजार ३९ जना ठगिए


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा रोजगारपीडितले आर्थिक वर्ष २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरि २ हजार ३९ वटा उजुरी वैदेशिक रोजगार विभागमा दर्ता गरेका छन् ।

गत आर्थिक वर्षमा रोजगारीपीडितले संस्थागत अथवा म्यानपावर कम्पनीका नाममा २९ करोड ६३ लाख र व्यक्तिगत ठगी तर्फ ५३ करोड ६७ लाख गरी ८३ करोड ३० लाख विगो दावी गर्दै उजुरी गरेको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थागततर्फ ९ करोड ६० लाख विगो पीडितलाई भराएको विभागले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ । यता व्यक्तिगततर्फ अदालतको फैसलापछि २२ करोड ५६ लाख क्षतिपूर्ति भराएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

यो आर्थिक वर्षमा संस्थागत १ हजार २ सय ६३ र व्यक्तिगत ७ सय ७६ वटा उजुरी विभागमा दर्ता भएको विभागको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

सस्थागत १ सय ७१ वटा फरफराक र व्यक्तिगततर्फ १ सय ८६ मुद्दा अदालतले फौसला गरेको विभागले जानएको छ । विभागले क्षतिपूर्तिका अतिरिक्त ८१ वटा विभिन्न मुद्दामा संस्थागत रुपमा ८७ लाख ५० हजार जरिवाना भराएको जनाएको छ ।

वैदेशिक रोजगार विभागमा गत वर्ष २ हजार १ सय २९ वटा उजुरी परेको थियो । यो अघिल्लो वर्षभन्दा कम संख्या भएपनि ठगिएको रकम भने बढेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगार विभागमा १ अर्ब करोड ५२ करोड २० लाख रुपैयाँ बराबरको ठगीको उजुरी दर्ता भएको छ । यो वर्ष २ हजारभन्दा धेरै उजुरी विभागमा दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ७० करोड कम भएको विभागको प्रतिवदेनले देखाएको छ ।

ठगी नियन्त्रण भएको महानिर्देशकको दाबी

विगतका वर्षभन्दा गत आर्थिक वर्षमा आर्थिक ठगी नियन्त्रण भएको विभागका महानिर्देशक डा.भीष्म कुमार भुषालले बताएका छन् । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगार क्षेत्रलाई सुधारको प्रयास थालेको र चालु आर्थिक वर्षमा धेरै काम गर्ने योजना रहेको महानिर्देशक डा.भुषालले बताए ।

‘विभागले ठगी नियन्त्रण गर्ने प्रयास गरिररहेको छ । तर, रोकिएको छैन । ठगिनुभन्दा पहिले जोगिनु महत्वपूर्ण विषय हो । वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिक नै सचेत हुनुपर्छ’ उनले भने, ‘समस्या र धेरै आर्थिक ठगीएपछि मात्र न्याय खोज्न आउदाँ न्यायको दायरामा पीडितलाई ल्याउन समस्या भइरहेको छ । सुरुमा विभागमा वैदेशिक रोजगारीको खोजीमा रहेका पीडितले समस्याका बारेमा जानकारी नगराउदाँ दोषीले उन्मुक्ति पाइएका छन् ।’

गत आर्थिक वर्षदेखि विभागले रोजगार पीडितका समस्या र उजुरी हेरर एक दिनमा मुद्दाको सनुवाइ गदै आएको कारण पनि उजुरीको संख्या कम भएको उनको भनाइ छ । विभागले मुद्दाको एक वर्षदेखि हप्ता मै फौसला गदै आएको छ । जसका कारण पनि पीडितको संख्या घटीरहेको विभागले दावी गदै आएको छ ।

५ हजार ७ सय उजुरी फरफारक बाँकी 

वैदेशिक रोजगारीका नाममा विगतका ५ हजार ७ सयभन्दा बढी ठगीका उजुरी फरफराक हुन बाँकी रहेको विभागले जानकारी दिएको छ । ती उजुरीमाथि पुन छानविन गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

पुराना मुद्दाका पीडितलाई न्याय दिलाउन खोजीरहेको विभागले जानकारी दिएको छ । पुराना मुद्दामा पनि पीडितले ५ अर्ब क्षतिपूर्ति पाउने अनुमान विभागको छ । विभागका अनुसार २०५२ साल पछिका यी मुद्दा विभागमा दर्ता भएपनि फरफराक हुन बाँकी रहेका छन् । विभागमा उजुरी दर्ता गराए पीडित पुन न्याय खोज्न आएका कारण पनि मुद्दा फौसला हुन बाँकी रहेका छन् ।

पुराना उजुरी परेर पनि त्यतिकै थन्क्याइएका विभिन्न ठगीका मुद्दाहरु अघि बढाउने काम भइरहेको महानिर्देशक डा.भुषालले जानकारी दिए । विगतमा फरफारक हुन नसकेका, नभएका र वैदेशिक रोजगार न्यायधीकरणमा मुद्दा नपुगेका पीडित कामदारका उजुरीमाथि पुनः अनुसन्धान गरि क्षतिपूर्ति दिलाउने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ०० बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

जानकी– बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत