तनहुँविरुद्ध कास्की ३७ रनले विजयी « Khabarhub

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ ओभरमा एक सय तीन रन बनाएर सम्पूर्ण विकेट गुमाएको थियो ।

कास्कीको तर्फबाट आदित्य थापाले सर्वाधिक ३६ रन बताए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले समान तीन÷तीन विकेट लिए । तनहुँले जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएकामा उसले खेलमा ६६ रन मात्र जोड्न सफल भयो । कास्कीका बलरहरू नितेश गिरीले पाँच तथा अमृत गुरुङ र विश्वास पराजुलीले दुई÷दुई विकेट लिए।

खेलमा पाँच विकेट लिनुभएका कास्कीका नितेश ‘म्यान अफ द म्याच’ घोषित हुँदै ट्रफी पुरस्कार पाए। उनलाई आयोजक सङ्घका कोषाध्यक्ष विरेन पुनले पुरस्कार प्रदान गरेका थिए ।

गण्डकी प्रदेशमा क्रिकेट खेल विकासमा राम्रो सम्भावना बोकेका दुई जिल्ला बीचको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडी पहिचानमा सघाउ पुग्ने विश्वास लिइएको छ । यसबाट आगामी दिनमा नयाँ खेलाडीले प्रादेशिक तथा राष्ट्रियस्तरका प्रतियोगितामा स्थान बनाउन सक्ने कास्की जिल्ला क्रिकेट सङ्घका सचिव विनोद श्रेष्ठले बताए ।

यसबाट खेलाडीबीच भाइचारा सम्बन्धको विकासका साथै खेल कौशलमा निखारता ल्याउने बताइन्छ । प्रतियोगिताको दोस्रो खेल शनिबार बिहान हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ०५ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै