तनहुँविरुद्ध कास्की ३७ रनले विजयी « Khabarhub

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ ओभरमा एक सय तीन रन बनाएर सम्पूर्ण विकेट गुमाएको थियो ।

कास्कीको तर्फबाट आदित्य थापाले सर्वाधिक ३६ रन बताए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले समान तीन÷तीन विकेट लिए । तनहुँले जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएकामा उसले खेलमा ६६ रन मात्र जोड्न सफल भयो । कास्कीका बलरहरू नितेश गिरीले पाँच तथा अमृत गुरुङ र विश्वास पराजुलीले दुई÷दुई विकेट लिए।

खेलमा पाँच विकेट लिनुभएका कास्कीका नितेश ‘म्यान अफ द म्याच’ घोषित हुँदै ट्रफी पुरस्कार पाए। उनलाई आयोजक सङ्घका कोषाध्यक्ष विरेन पुनले पुरस्कार प्रदान गरेका थिए ।

गण्डकी प्रदेशमा क्रिकेट खेल विकासमा राम्रो सम्भावना बोकेका दुई जिल्ला बीचको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडी पहिचानमा सघाउ पुग्ने विश्वास लिइएको छ । यसबाट आगामी दिनमा नयाँ खेलाडीले प्रादेशिक तथा राष्ट्रियस्तरका प्रतियोगितामा स्थान बनाउन सक्ने कास्की जिल्ला क्रिकेट सङ्घका सचिव विनोद श्रेष्ठले बताए ।

यसबाट खेलाडीबीच भाइचारा सम्बन्धको विकासका साथै खेल कौशलमा निखारता ल्याउने बताइन्छ । प्रतियोगिताको दोस्रो खेल शनिबार बिहान हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ०५ बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको