‘काँग्रेस एकताबद्ध कसैले हराउन सक्दैन’ « Khabarhub

‘काँग्रेस एकताबद्ध कसैले हराउन सक्दैन’


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काँग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्।

शुक्रवार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रूपमा लिन नहुनेमा जोड दिँदै काँग्रेस पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने,  ‘नयाँ पार्टीहरूको उदयलाई सामान्य रूपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन । सम्हालिएर हिँड्ने समय आएको छ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ ।’

पूर्व अर्थराज्यमन्त्री एवं काँग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए । उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे ।

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन । हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौँ। पार्टीभित्र गुट उपगुट हुन्छन् । आन्तरिक प्रतिस्पर्धाले नै पार्टीलाई जीवन्त बनाउने हो । तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ,’ उनले भने ।

उनले वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्ने भन्दै उनले काँग्रेस एकताबद्ध भए काँग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ०६ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय