असोज १५ गते विश्व बसोबास दिवस मनाइने « Khabarhub

असोज १५ गते विश्व बसोबास दिवस मनाइने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बसोबास दिवस यस वर्ष समृद्धि एवं पुनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवसबारे जानकारी दिएको हो ।

हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा सोमबार बिभाग र युनएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलिप भण्डारीले जानकारी दिए ।

उनले अहिलेको परिस्थितिमा शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा बिकास गरि आत्मनिर्भर शहरी बिकासमा जोड दिन जरुरी रहेको बताए । भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजी क्षेत्रको पनि सहभागीता आवश्यक रहेको बताए ।

शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीव्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ०० बजे

तत्काल राप्रपा छोडेर स्वतन्त्र रहने रविन्द्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा

गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा