सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक « Khabarhub

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले  नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ ।

एक कार्यक्रमकाे आयाेजना गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको हो ।

उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना एक जनालाई जनही एक लाख रुपैयाँ,  हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन सय जना विजेताहरूलाई  जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।

कम्पनीका अनुसार यस अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा  विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : २२ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट