दक्षिण थाइल्याण्डस्थित एक सैनिक शिविरमा भएको आक्रमणमा ४ जना मारिए « Khabarhub

दक्षिण थाइल्याण्डस्थित एक सैनिक शिविरमा भएको आक्रमणमा ४ जना मारिए


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– दक्षिण थाइल्याण्डको एक सैनिक शिविरमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

पत्तानी प्रान्तको दुर्गम क्षेत्रमा बन्दुकधारीले सैनिक शिविरमा भएको आक्रमण लडाकु र सुरक्षाकर्मीबीच घण्टौंसम्म भिडन्त भएको हो । आक्रमणमा परी मारिनेमा सेनाका एक वरिष्ठ अधिकारी, दुई सुरक्षा स्वयंसेवक र एक गाउँले छन् ।

आक्रमणका क्रममा गम्भीर घाइते भएका दुई जनालाई अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको थाई राज्यविरुद्ध आत्म निर्णयका लागि युद्ध गर्दै आएका दक्षिण थाइल्याण्डमा सक्रिय मले मुसलमान लडाकुको संलग्नता रहेको हुनसक्ने शंका गरिएको छ ।

केही समयअघि सुरक्षाकर्मीले एक संदिग्ध मले मुसलमान लडाकुलाई सोधपुछका लागि एक सैनिक शिविरमा लगेपछि आक्रोशित बनेका लडाकुले आक्रमण गरेको हुनसक्ने बताइएको छ ।

यस क्षेत्रमा १५ वर्षयता जारी द्वन्द्वमा ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ३८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका