जंगलमा झुन्डिएको अवस्थामा एक वृद्धको शव फेला | Khabarhub Khabarhub

जंगलमा झुन्डिएको अवस्थामा एक वृद्धको शव फेला


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

पोखरा– विगत १८ महिना देखी हराएका एक वृद्धको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० वर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो । 

हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाई खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ४२ बजे

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग

कञ्चनपुरमा मुक्त हलिया पुनर्स्थापनको कार्य अलपत्र

कञ्चनपुर– कञ्चनपुरमा मुक्त हलियाको पुनःस्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको

किसानलाई अनुदानमा गहुँको बीउ

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको

दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर